नेपालमा मातृ मृत्युदर घट्यो, एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा मातृ मृत्यु दरमा केही सुधार भएको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ ले नेपालमा एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको देखाएको छ।
राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक पूर्ण विवरणमा नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु भएको देखाएको हो । यसअघिको तथ्यांकमा नेपालमा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा २३९ जना रहेको थियो ।
सरकारले यसपटक जनगणनासँगै मातृ मृत्युको विषयवस्तु पनि समावेश गरी सोको पनि अध्ययन गरेको थियो । उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।
गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर मान्ने गरिन्छ । यो अध्ययनमा यो अवधीमा भएको मृत्युलाई समावेश गरिएको हो ।
सरकारले सन् २०३० सम्ममा मातृमृत्युदर ७० मा झार्ने लक्ष्य लिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य