सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरका बिरामीमध्ये ४६ प्रतिशत निरक्षर : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरबाट प्रभावित बिरामीमध्ये ४६ प्रतिशत निरक्षर रहेको पाइएको छ । एक्सन नेपालले हालै गरेको एक अनुसन्धानमा उक्त नतिजा देखिएको हो। उक्त अनुसन्धान नेपाल हेल्थ रिसर्च काउन्सिलले हालै मात्र प्रकाशित गरेको छ । उक्त प्रकाशित अनुसन्धानमा झन्डैक्यान्सर बिरामीमध्ये ४६ प्रतिशत निरक्षर व्यक्तिहरु रहेको देखिएको हो ।
जबकी १ दशमलब ९ प्रतिशत बिरामीले मात्र उच्च शिक्षा हासिल गरेको अध्ययनले देखाएको छ । यसले पनि के प्रस्ट पार्छ भने निरक्षर व्यक्तिहरुमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने हानीकाबारेमा उनीहरु अझै पनि सचेत छैनन् ।
मंगलबार अनुन्धानबाट आएको नतिजा सार्वजनिक कार्यक्रममा एक्सन नेपालका अध्यक्ष तथा अनुसन्धानकर्ता आनन्द बहादुर चन्दले अध्ययनले सुर्तीजन्य पदार्थको सेवन धनीले भन्दा बढी गरिबले र पढेलेखेका भन्दा निरक्षर व्यक्तिले गर्ने गरेको र सोही अनुसार क्यान्सरको बर्डन पनि देखिएको बताए । उनले सुर्तीजन्य पदार्थ गरिब र निरक्षर व्यक्तिहरुले बढी सेवन गर्ने गरेको तथ्य सार्वजनिक भइरहँदा अब भने यसमा कर बढाएर उनीहरुको पहुँचबाट टाढा राख्न ढिला गर्न नहुने जिकीर गरे ।
यसैगरी अध्ययनले १६ प्रतिशत क्यान्सरका बिरामीले आफनो घर जग्गा बेचेर उपचार गर्ने गरेको देखाएको छ । २७ दशमलब २ प्रतिशले घरायसी बचतबाट र ६० प्रतिशतले आफन्तबाट रिण लिएर उपचार गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
यसैगरी सो अध्ययनमा सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान तथा उपचार गर्न लाग्ने औषत कुल लागत प्रति बिरामी ९ लाख ८१ हजार ३ सय ७० रहेको पाइयो जस मध्ये ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्च रहेको भेटियो भने १३ प्रतिशत प्रत्यक्ष नन मेडिकल लागत रहेको पाइयो । बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झण्डै ४ गुणा बढि उपचारमा खर्च गर्ने गरेको पाइयो भने प्रत्यक्ष मेडिकल खर्च अन्तर्गत सबै भन्दा बढि खर्च केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।
नेपालका ४८ प्रतिशत सरकारी तथा ५२ प्रतिशत निजी अस्पतालमा सुर्तीजन्य पदार्थको सेवन गरि क्यान्सर रोग उपचारको लागि भर्ना तथा डिस्चार्ज भएका १०३ जना बिरामीहरु बिरामीको चापका आधारमा बिपि कोइराला मेमोरियल अस्पताल भरतपुरबाट ४९ जना, भक्तपुर क्यान्सर अस्पतालबाट २८ जना र नेपाल क्यान्सर अस्पताल हरिसिद्धिबाट २६ जना छनोट गरि अनुसन्धान गरिएको थियो ।
सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवा ग्राहीहरुको आर्थिक भार सम्बन्धी एक्सन नेपालले उक्त अनुसन्धान गरेको हो । यो अध्ययनका मुख्य अनुसन्धाकर्ताहरुमा आनन्द बहादुर चन्द, मोहित सिंह ठगुन्ना, अमित कुमार बम र देवीप्रसाद प्रसाइँ रहेका छन्।
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन
किष्ट अस्पतालद्वारा २ सय जना अंगदातालाई सम्मान