Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निजामती कर्मचारी अस्पतालमा कर्मचारी आन्दोलित, निर्देशकको राजीनामा माग

निजामती कर्मचारी अस्पतालमा कर्मचारी आन्दोलित, निर्देशकको राजीनामा माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको मिनभवनमा रहेको निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको हो । असन्तुष्ट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् ।

अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका छन् ।शुक्रबारदेखि हरेक दिन १५ मिनेट धर्ना दिने कार्यक्रम राखेका छन् जुन आज चौंथो दिन पनि जारी छ ।

निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेडयूनियको अगुवाइमा आन्दोलन सुरु भएको हो । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको आधिकारिक ट्रेडयुनियनका सचिव विनोद पोखरेल जानकारी दिएका छन् ।

यसैगरी डाक्टर एशोसिएसन अफ सिभिल सर्भिस हस्पिटलका अध्यक्ष डा सुमन मरहठ्ठाले अस्पतालले वर्षौदेखि काम गरिरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई व्यवास्ता गर्दै बाहिरबाट कर्मचारी भर्ना गर्न खोज्नु खेदजनक भएको र यसमा सबै कार्यरत कर्मचारीको आपत्ति रहेको बताए । उनले गैर जिम्मेवारपूर्वक वर्षौदेखि काम गरिरहेका कर्मचारीलाई निकाल्नका लागि बाहिरबाट कर्मचारी माग गर्नु गलत कदम भएको र त्यसभन्दा पहिले अस्पतालमा अहिले कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको उचित व्यवस्थापन गरिनुपर्ने बताए ।

उनले अस्पताल प्रशासनको गलत कदम विरुद्ध आन्दोलनमा उत्रिए पनि बिरामीको सेवा भने नरोकिने जनाए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार