सिभिल हस्पिटलमा एकैपटक ३५० भन्दा बढी स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको सिभिल सर्भिस हस्पिटल (निजामती कर्मचारी अस्पताल) मा एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ ।
अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।
यही क्रममा अस्पतालले १५० भन्दा बढी जनालाई खुलामा र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।
अस्पतालले योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समयभित्र फाराम भर्न आग्रह गरेको छ । सो को विस्तृत जानकारी अस्पतालको वेभसाइटमा राखिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?