थप २ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित १६
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार १८ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आज १ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा ७ हजार ७५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म १२ हजार २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?