जनचेतनामूलक कार्यक्रम गर्दै विश्व मिर्गौला दिवस मनाइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै यस वर्षको मिर्गौला दिवस मनाइएको छ । आज परेको विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दले मैत्रीपूर्ण फुटबल प्रतियोगिता, पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन र उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने र अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता अंग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार पत्रकार, समाजसेवी बीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको आयोजकले जनाएका छन्। उक्त प्रतियोगितामा अंग प्रत्यारोपित टोलीले ४ – १ गोल अन्तरले चिकित्सक तथा कलाकारको टोलीलाई पराजित गरेको थियो ।
उक्त कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जनले मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले गरेको सफलताको खुलेर प्रशंसा गरे । उनले अंगदान जस्तो महान कार्यलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
यस वर्षको मिर्गौला दिवसको नारा ‘अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?