विश्व मिर्गौला दिवसमा वाकाथन
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मिर्गौला दिवसको अवसरमा जनचेतना जगाउन वाकाथन कार्यक्रमको आयोजना गरिएको छ । मिर्गौला स्वास्थ्य सबैका लागि भन्ने नाराका साथ काठमाडौंको न्यूरोड गेटदेखि बसन्तपुर दरबार क्वायरसम्म वाकाथन आयोजना गरिएको थियो ।
आरोग्य फाउन्डेसन, त्रिवि इन्स्टिच्युट अफ मेडिसिन, (आइओएम) नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा मिर्गौला रोगबारे जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिएको थियो । मिर्गौला रोग लागिसकेपछि भन्दा लाग्नुअघि नै सचेत हुन जरुरी भएकाले जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले बताइन ।
हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?