ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला र कलेजोबाट तीन जनाले एकैपटक पाए नयाँ जीवन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एक जना ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला र कलेजो लिएर तीन जना बिरामीले नयाँ जीवन पाएका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक ब्रेन डेथ भएका एक व्यक्तिको २ वटा मिर्गौला र एउटा कलेजो झिकेर तीन जना बिरामीमा प्रत्यारोपण गरेको हो ।
प्रत्यारोपण केन्द्रले ब्रेन डेथ भएका एक व्यक्तिको मिर्गौला र एउटा कलेजो झिकेर दुई जना मिर्गौला फेल भएका र एक जना कलेजो फेल भएका व्यक्तिमा प्रत्यारोपण गर्न सफल भएको हो ।
सो काे बारेमा जानकारी दिन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । सो पत्रकार सम्मेलनमा बोल्दै प्रत्यारोपण केन्द्रका निर्देशक तथा वरिष्ठ प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठले ब्रेन डेथ भएका एक व्यक्तिको २ मिर्गौला र एक कलेजो लिएर २ जना मिर्गौला बिरामी र अर्का कलेजोका बिरामीलाई प्रत्यारोपण गर्न सफल भएको जानकारी दिए । उनले यसरी एक व्यक्तिबाट झिकिएको मिर्गौला र कलेजो एकैपटक सफल प्रत्यारोपण नेपालमै पहिलोपटक भएको समेत जानकारी दिए । उनले फागुन १६ गते एकैपटक तीन जनामा अंग प्रत्यारोपण गरिएको र अहिले तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिए ।
नेपालमा ब्रेन डेथ पछि अंग प्रत्यारोपण गर्न सकिने कानून भए पनि यसको जनचेतना कम भएकै कारण उक्त कामले तीब्रता लिन नसकिरहेको बेला एकैपटक तीन जनालाई बचाउन सकिएकोमा सकारात्मक हुँदै यसको महत्व विस्तारै सबैले बुझ्दै जानेमा आफूले विश्वास लिएको डा श्रेष्ठले बताए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन श्रेष्ठले मृत्यु पश्चात खेर जाने अंगबाट अरु व्यक्तिको ज्यान बचाउन सकिने हुँदा सबैले यस अभियानलाई सहयोग गनर्नुपर्नेमा जोड दिए । साथै उनले मन्त्रालयले ब्रेन डेथ पछिको अंगदानको महत्व बुझाउन प्रत्यारोपण केन्द्रलाई कस्तो सहयोग चाहिन्छ सो सहयोग गर्न सदैव तयार रहेको समेत जनाए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य