रुघाखोकीको घरेलु उपचार : यसरी गर्न सकिन्छ
काठमाडौं : मंसीर लागेदेखि अब चिसो बढ्न थालेको छ । चिसोका कारण सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिने गर्छ। विशेषगरी बालबालिका वृद्धवृद्धालाई चिसोले बढी असर गर्छ।
चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ।
चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधिभन्दा घरमा पाइने सामग्रीलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु सामग्रीले रूघाखोकीबाट बच्न मद्दत गर्छ।
बेसार– हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखी ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३् ४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सञ्चो हुन्छ।
तुलसीको पात– ४्५ वटा तुलसीको पात तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे रुघाखोकीबाट बच्न सकिन्छ।
तुलसी र मह– तुलसीको ४्५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ।
अदुवा र मह– अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।
ज्वानो, वेसार, अदुवा– ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।
रुदिलो– गाउँघरमा पाइने रुदिलो पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या पनि समाधान हुन्छ।
गुर्जोको लहरा– यसलाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य