यस्ता छन् टाइफाइडबाट बच्न अपनाउनुपर्ने सावधानी
हेल्थ टिभी अनलाइन : ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । त्यसैले यस रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो ।
-सरसफाई सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु
-सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने
-बेला बेलामा साबुनपानीले मिचिमिचि हात हुने
-राम्ररी पकाएको र सधैं छोपेर राखेको खाना मात्र खाने
-बासी, सडेगलेको र झिंगा झन्केको खाना कहिल्यै नखाने
-पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट प्रयोग गरी सफा र सुरक्षित पानी पिउने
यसबाहेक सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड खोप दिन लागेको छ । खोपले रोगबाट बचाउने हुँदा यस अभियानमा सबैले आफनो बच्चालाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य