Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

हेल्थ टिभी अनलाइन : दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । सो भाइरस तीव्र रुपमा फैलिरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै सतर्क रहन आग्रह गरेका छन्।

नयाँ भेरियन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै संख्यामा भएको बताएका छन्।

उनीहरूले अहिले प्रयोगमा आएका कोरोना भाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्।

पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन्। यसैबीच, ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन्। वैज्ञानिकहरुलेले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेमध्येको खराब भएको बताएका छन्।

बीबीसीबाट :

 

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै