दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो
हेल्थ टिभी अनलाइन : दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । सो भाइरस तीव्र रुपमा फैलिरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै सतर्क रहन आग्रह गरेका छन्।
नयाँ भेरियन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै संख्यामा भएको बताएका छन्।
उनीहरूले अहिले प्रयोगमा आएका कोरोना भाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्।
पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन्। यसैबीच, ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन्। वैज्ञानिकहरुलेले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेमध्येको खराब भएको बताएका छन्।
बीबीसीबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण