कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस के हो ? कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्क्रब टाइफस ‘ओरिन्सया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ । जस्तै मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहीं बहुअंग विकार मल्टी अर्गान डिस्फंसनको अवस्था पनि सिर्जना हुनसक्छ ।
कसरी सर्छ ?
मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके यो रोग मानिसलाई सर्छ । यसको लक्षणहरुमा उच्च ज्वरो आउनु, आँखा रातो हुनु,धेरै टाउको दुख्नु, जोर्नी र मांंसपेशी दुख्नु, टोकेको ठाउँमा कहिलेकाहीं कालो दाग देखिनु, बिमिरा देखिनु, सास फेर्न समस्या हुनु, खोकी लाग्नु, पेट दुख्नु, पखाला लाग्नु हुन ।
बच्ने उपाय
किर्नाको टोकाइबाट बच्न खेत झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा किटनाशक मलमको प्रयोग गर्ने
घर वरिपरिका खेतवारीमा घाँसहरु धेरै बढ्न नदिने र वातावरण सफा राख्ने मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने ।
यो रोगको लक्षण कोभिड १९ सँग मिल्दोजुल्दो भएकाले कोभिड परीक्षण गर्दा नेगेटिभ आएमा पनि स्क्रब टाइफसको जाँच गरौं र समयमै उपचार गरेमा यो रोग निको हुन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य