Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भ नबस्नु वा खेर जानु वंशाणुगत कारणले पनि हुनसक्छ

गर्भ नबस्नु वा खेर जानु वंशाणुगत कारणले पनि हुनसक्छ

हेल्थ टिभी अनलाइन : कुनै पनि महिलाले चाहेर पनि गर्भ बसिरहेको छैन् भने त्यो वंशाणुगत कारण पनि हुनसक्ने विज्ञहरु बताउँछन्। पछिल्लो समय धेरै नै समस्याकै रुपमा अघि आइरहेको जटिल विषय हो महिलाहरुमा सजिलै गर्भ नबस्नु र बसिहालेमा पनि गर्भ खेर जानु ।

गर्भ नबस्ने धेरै कारणहरु हुने भए पनि त्यसमध्ये एक महत्वूर्ण कारण वंशाणुगत दोष पनि हुनसक्ने वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर बताउँछिन्। त्यसो त यो मात्र कारण भन्ने होइन तर यदि अन्य जाँचहरु गराउँदा सबै नर्मल छ भने त्यस्ता दम्पत्तीले अनिवार्य वंशाणुगत रोग होकी भनेर जेनेटिक टेस्ट गराउन जरुरी हुने भन्छिन, डा ठाकुर ।

उनले अन्य कारण पत्ता नलागेमा ३० देखि ४० प्रतिशत बच्चा नबस्नु भनेको वंशाणुगत नै हुने बताइन्। यसैगरी दुई पटकभन्दा बढी पटकसम्म भर्ग खेर जान्छ भने त्यो पनि वंशाणुगत कारण हुनसक्ने उनको भनाई छ।  उनले भनिन, ‘मैले दैनिक रुपमै ४ देखि ५ जना यस्ता बिरामी हेर्छु जसको बच्चा नहुनुमा वा गर्भ खेर जानुमा वंशाणुगत कारण हुन्छ । उनीहरु भए जति सबै अस्पताल पुगेर धेरै खर्च गरिसकेका हुन्छन । तर वंशाणुगत कारणले हुने यस्ता समस्याबारे थाहा नै छैन, उनले भनिन ।  यस्ता बिरामीमध्ये कतिलाई काउन्सिलिङले मात्र पनि पुग्छ भने कतिलाई उपचार गरी रोकथाम गर्न सकिन्छ भने कतिपय अवस्थामा कुनै उपाय नै नहुन पनि सक्छ ।

म कहाँ यस्ता महिला पनि आउँछन जसले बच्चाको वर्षौदेखि योजना बनाउँदा पनि हुँदैन धेरै अस्पताल धाएर म कहाँ आइपुग्दा महिलाको पाठेघर नै नभएको पाइएको छ। यो उसको वंशाणुगत दोष हो । उसले जति खर्च गरे पनि बच्चाको सम्भव हुँदैन । यस्ता बिरामीले समयमै आफनो अवस्था थाहा पाउँदा अन्य उपायहरु अपनाउन सक्छन्। तर हामीकहाँ वंशाणुगत टेस्ट गर्ने खासै चलन नै छैन् ।

म कहाँ यस्ता महिला पनि आउँछन जसले बच्चाको वर्षौदेखि योजना बनाउँदा पनि हुँदैन धेरै अस्पताल धाएर म कहाँ आइपुग्दा महिलाको पाठेघर नै नभएको पाइएको छ। यो उसको वंशाणुगत दोष हो । उसले जति खर्च गरे पनि बच्चाको सम्भव हुँदैन । यस्ता बिरामीले समयमै आफनो अवस्था थाहा पाउँदा अन्य उपायहरु अपनाउन सक्छन्। तर हामीकहाँ वंशाणुगत टेस्ट गर्ने खासै चलन नै छैन् । केही वर्ष यता भने रिफर भएर केसहरु आउन थालेका छन् उनले भनिन।वंशाणुगत टेस्टलाई विशेष गरेर गर्भवती महिलालाई अनिवार्य र निशुल्क गरिदिनुपर्ने उनको भनाइ छ। यसो गर्दा आमा र बच्चाको अवस्था थाहा हुन्छ । साथैै बच्चामा कुनै जन्मजात समस्या छ की छैन वा हुन्छ की हुँदैन भन्ने पत्ता लाग्छ ।

नेपालमा दुई वर्ष अघि एउटा केस बाहिर आएको थियो एक महिलाले काठमाडाैंकाे एक अस्पस्तालमा  डाउन सिन्ड्रोम बच्चा जन्माइन तर उनले अस्पतालले सल्लाह नदिंदा आफू डाउन सिन्ड्रोम बच्चा जन्माउन बाध्य भएको भन्दै उक्त अस्पताललाई मुद्धा समेत हालिन्। उनको केसमा पनि पहिले नै डाक्टरले बच्चामा केही डिफेक्ट छ की भनेर टेस्ट गराएर आमालाई भनिदिएको भए उनले नजन्माउने निर्णय समेत लिन सक्थिन । याे त बाहिर आएकाे केस भयाे बाहिर नआएका त कति हाेलान् ।

पछिल्लो समय नेपालमा पनि वंशाणुगत र दुर्लभ रोगहरु धेरै नै बढेको पाइन्छ । सायद परीक्षणको दायरा बढेर होला यसको समस्या पनि बढ्दै गएको पाइन्छ, उनले थपिन ।

नेपालमा वंशाणुगत रोगको सम्पूर्ण परीक्षण सुरु भइसकेको छ । त्यसैले आमा बन्न चाहने दम्पत्तीले आफनो किन बच्चा भइरहेको छैन भनेर जाँच गरेर समस्या श्रीमान श्रीमती कसमा छ थाहा पाउन सकिन्छ । त्यसैगरी पेटमा भएको बच्चा स्वस्थ छकी कुनै रोग लिएर आउँदैछ सो समेत हेर्न सकिन्छ । भविष्यमा पछुताउनुभन्दा यस्तो प्रविधिको प्रयोग किन नगर्ने ।

थप समाचार