Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको विज्ञ एन्थोनी फाउचीको चेतावनी

कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको विज्ञ एन्थोनी फाउचीको चेतावनी

हेल्थ टिभी अनलाइन : खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्।

उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताएका हुन्। फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन्।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन्। खोप नलगाएकाहरूका बीचमा अमेरिकामा  कोरोनाभाइरस एउटा महामारी बनेको उनको भनाइ छ ।

आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन्। अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ। त्यहाँ गत एप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ।

त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ।

यसैबेला अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ। त्यहाँ मे र जुन महिनामा सङ्क्रमण निकै कम भएको थियो।

बढी सङ्क्रामक डेल्टा भाइरसका कारण पनि सङ्क्रमण दर वृद्धि भएको ठानिएको छ।

बीबीसीबाट:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै