विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ६८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ६८ हजार नाघेको छ । वल्र्डोमिटरका अनुसार आजसम्म विश्वभर ४१ लाख ६८ हजार४५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यसैगरी हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ करोड ४४ लाख ११ हजार १३० पुगेको छ । यीमध्ये १७ करोड ६४ लाख ७१ हजार २८ जना संक्रमणमुक्त भइसकेका छन्। त्यस्तै अमेरिकामा मात्रै कोरोना संक्रमणबाट ६ लाख २६ हजार ७१३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ५१ लाख ८४ हजार ६७१ पुगेको छ । यसैगरी अमेरिकापछि ब्राजिलमा धेरै संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५ लाख ४९ हजार ५ सय जना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ४ लाख २० हजार ५८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ ।
कोरोना खोप लगाउन सुरु भए यता विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर विस्तारै घट्दै गइरहेको छ । धरै देशहरुले अहिले खोप लगाउन सुरु गरिसकेका छन्। तर अझै पनि केही देशमा भने संक्रमण कम हुन सकेको छैन्।
यता नेपालमा हालसम्म ७ लाख ३३ हजार २६० जनामा कोरोना पुष्टि भएको छ भने ९ हजार ६९५ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण