Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ६८ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ६८ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ६८ हजार नाघेको छ । वल्र्डोमिटरका अनुसार आजसम्म विश्वभर ४१ लाख ६८ हजार४५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यसैगरी हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ करोड ४४ लाख ११ हजार १३० पुगेको छ । यीमध्ये १७ करोड ६४ लाख ७१ हजार २८ जना संक्रमणमुक्त भइसकेका छन्। त्यस्तै अमेरिकामा मात्रै कोरोना संक्रमणबाट ६ लाख २६ हजार ७१३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ५१ लाख ८४ हजार ६७१ पुगेको छ । यसैगरी अमेरिकापछि ब्राजिलमा धेरै संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५ लाख ४९ हजार ५ सय जना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ४ लाख २० हजार ५८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ ।

कोरोना खोप लगाउन सुरु भए यता विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर विस्तारै घट्दै गइरहेको छ । धरै देशहरुले अहिले खोप लगाउन सुरु गरिसकेका छन्। तर अझै पनि केही देशमा भने संक्रमण कम हुन सकेको छैन्।

यता नेपालमा हालसम्म ७ लाख ३३ हजार २६० जनामा कोरोना पुष्टि भएको छ भने ९ हजार ६९५ जनाको मृत्यु भएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन