कोरोना संक्रमणबाट निको भएकामा बिर्सने समस्या
हेल्थ टिभी अनलाइन : कोरोना संक्रमणबाट निको भएकाहरुमा एकपछि अर्को समस्या देखिने क्रम बढ्दो छ । भारतमा गरिएको एक अध्ययनले कोरोना संक्रमणबाट निको भएका केही व्यक्तिहरुमा बिर्सने समस्या बढेको देखाएको हो ।
यसरी बिर्सने समस्या हुनेमा वृद्धवृद्धा लगायत युवा समूह पनि रहेको जनाइएको छ । अध्ययनले पहिलो भन्दा दोस्रो वेभमा संक्रमितमा यो समस्या बढी देखिएको उल्लेख गरेको छ । बढी सिकिस्त भएर आइसीयूमा भर्ना भएका बिरामीमा सामान्य लक्षण देखिएका बिरामीभन्दा बढी समस्या पाइएको छ ।
उता कोरोना संक्रमणपछि निद्रामा समस्या हुने, टाउको दुख्ने, कमजोरी महशुस हुने समस्या लिएर अस्पताल आउने बिरामी पनि बढेको चिकित्सकहरुले जनाएका छन्। जसलाई ‘पोष्ट कोभिड सिन्ड्रोम’ भनिन्छ । बिर्सने समस्या पनि पोष्ट कोभिड सिन्ड्रोमकै रुपमा आएको चिकित्सकहरुको भनाई छ ।
कोरोना संक्रमणमुक्त भएकामा किन यस्तो समस्या आयो भन्नेवारेमा विस्तृत अध्ययन भइरहेको जनाइएको छ ।





औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक