भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन : भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूलाई कोरोना संक्रमण भएको र अस्पताल भर्ना भएको कुरा ट्विट गर्दै बताएका हुन्। त्यसो त उनलाई मार्च २७ मा नै कोरोना पुष्टि भएको थियो । डाक्टरको सल्लाह बमोजिम होम आइसोलेसनमा रहेका तेन्दुलकर हिजो भने केही असहज भएपछि अस्पताल भर्ना भएका थिए।
उनले आफना शुभचिन्तकहरुलाई आफू केही दिनमै संक्रमणमुक्त भएर घर फर्किने बताएका छन्।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?