Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महाराष्ट्रमा एकैदिन २५ हजार बढी नयाँ संक्रमित फेला, १९ जनाको मृत्यु

महाराष्ट्रमा एकैदिन २५ हजार बढी नयाँ संक्रमित फेला, १९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन : भारतको महाराष्ट्रमा कोरोना संक्रमण फेरी तीब्र गतिमा बढ्न थालेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार महराष्ट्रमा मात्रै २५ हजार ८३३ जना नयाँ संक्रमित फेला परेका हुन्। यसैगरी बिहिबार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या सेप्टेम्बरपछिको एकैदिन धेरै देखिएको बढी संख्या र मृत्यु रहेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सेप्टेम्बरमा एकै दिन महाराष्ट्रमा २४ हजार ८८६ जना संक्रमित फेला परेका थिए ।

अहिले महाराष्ट्रमा मात्रै ८ लाख १३ हजार २११ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ७९ जना संस्थागत आइसोलेसनमा रहेको बताइएको छ । केही दिन यता महाराष्ट्रको मुम्बई, पुणे, नागपुर हटस्पट बनिरहेका छन् ।  उता ठाणे, नासिक, औरंगाबाद, अमरावती, अकोला और नंदूरबार जस्ता शहरमा पनि कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ ।

अर्कोतिर भारत सरकारले जनवरीदेखि कोरोना विरुद्धको खोप अभियान पनि जारी राखेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन