महाराष्ट्रमा एकैदिन २५ हजार बढी नयाँ संक्रमित फेला, १९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको महाराष्ट्रमा कोरोना संक्रमण फेरी तीब्र गतिमा बढ्न थालेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार महराष्ट्रमा मात्रै २५ हजार ८३३ जना नयाँ संक्रमित फेला परेका हुन्। यसैगरी बिहिबार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या सेप्टेम्बरपछिको एकैदिन धेरै देखिएको बढी संख्या र मृत्यु रहेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सेप्टेम्बरमा एकै दिन महाराष्ट्रमा २४ हजार ८८६ जना संक्रमित फेला परेका थिए ।
अहिले महाराष्ट्रमा मात्रै ८ लाख १३ हजार २११ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ७९ जना संस्थागत आइसोलेसनमा रहेको बताइएको छ । केही दिन यता महाराष्ट्रको मुम्बई, पुणे, नागपुर हटस्पट बनिरहेका छन् । उता ठाणे, नासिक, औरंगाबाद, अमरावती, अकोला और नंदूरबार जस्ता शहरमा पनि कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ ।
अर्कोतिर भारत सरकारले जनवरीदेखि कोरोना विरुद्धको खोप अभियान पनि जारी राखेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण