भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन्। त्यहाँ आजबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा उनले बिहान एम्स हस्पिटलमा पुगेर खोप लगाएका हुन्।
उनले आफूले खोप लगाएपछि सबैलाई डर नमानेर खोप लगाउन आग्रह समेत गरे । एम्स हस्पिटलका निर्देशक डा रणदीप गुलेरियाले भीभीआईपीले शुरुमै खोप लगाउँदा नागरिकलाई विश्वास दिलाउन सजिलो हुने भन्दै प्रधानमन्त्री मोदीको यो कदमले खोप अभियान सफल पार्न सजिलो हुन् प्रतिक्रिया दिएका थिए ।
कोरोना विरुद्धको खोपलाई लिएर भारतमा विभिन्न टिका टिप्पणी भइरहेको पाइन्छ । भारतले आजबाट दोस्रो चरणको खोप अभियान शुरु गर्दै ६० वर्ष भन्दा माथिका सबै नागरिक र ४५ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको खोप दिने जनाएको छ ।
फोटो : प्रधानमन्त्री मोदीको ट्वीटरबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण