Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  कोरोना विरुद्धको खोप लगाएका छन्। त्यहाँ आजबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा उनले बिहान एम्स हस्पिटलमा पुगेर खोप लगाएका हुन्।

उनले आफूले खोप लगाएपछि सबैलाई डर नमानेर खोप लगाउन आग्रह समेत गरे । एम्स हस्पिटलका निर्देशक डा रणदीप गुलेरियाले भीभीआईपीले शुरुमै खोप लगाउँदा नागरिकलाई विश्वास दिलाउन सजिलो हुने भन्दै प्रधानमन्त्री मोदीको यो कदमले खोप अभियान सफल पार्न सजिलो हुन् प्रतिक्रिया दिएका थिए ।

कोरोना विरुद्धको खोपलाई लिएर भारतमा विभिन्न टिका टिप्पणी भइरहेको पाइन्छ । भारतले आजबाट दोस्रो चरणको खोप अभियान शुरु गर्दै ६० वर्ष भन्दा माथिका सबै नागरिक र ४५ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको खोप दिने जनाएको छ ।

फोटो :  प्रधानमन्त्री मोदीको ट्वीटरबाट

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन