अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ५ लाख बढीले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटरका अनुसार आइतबारसम्म अमेरिकामा ५ लाख ११ हजार १३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी मारमा अमेरिका परेको देखिन्छ । संक्रमित र मृत्यु पनि अमेरिकामा नै सबैभन्दा धेरै रहेको छ । त्यहाँ हालसम्म २ करोड ८७ लाख ६५ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
विश्वको कुरा गर्ने हो भने अहिलेसम्म ११ करोड १९ लाख १९ लाख ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या नै २४ लाख ७७ हजार भन्दा बढी नाघेको जनाइएको छ र यता नेपालमा हालसम्म २ हजार ६१ जनाको कोरोना भएर मृत्यु भएको छ भने २ लाख ७३ हजार ४३१ जनामा संक्रमण पुष्टि भएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान