अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ५ लाख बढीले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटरका अनुसार आइतबारसम्म अमेरिकामा ५ लाख ११ हजार १३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी मारमा अमेरिका परेको देखिन्छ । संक्रमित र मृत्यु पनि अमेरिकामा नै सबैभन्दा धेरै रहेको छ । त्यहाँ हालसम्म २ करोड ८७ लाख ६५ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
विश्वको कुरा गर्ने हो भने अहिलेसम्म ११ करोड १९ लाख १९ लाख ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या नै २४ लाख ७७ हजार भन्दा बढी नाघेको जनाइएको छ र यता नेपालमा हालसम्म २ हजार ६१ जनाको कोरोना भएर मृत्यु भएको छ भने २ लाख ७३ हजार ४३१ जनामा संक्रमण पुष्टि भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण