२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : विश्वभर पछिल्लो २४ घण्टामा १३ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार गत २४ घण्टामा विश्वभर १३ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाए भने ७ लाख नयाँ संक्रमित थपिएका छन्।
योसँगै विश्वमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ करोड ४९ लाख २२ हजार ९६४ पुगेको छ । उता कोरोना संक्रमणमा परेर हालसम्म २० लाख ३० हजार ९२४ जनाको ज्यान गइसकेको जनाइएको छ ।
हालसम्म कोरोना संक्रमणको बढी चपेटामा अमेरिका परेको छ । अमेरिकामा हालसम्म २ करोड ४३ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने हालसम्म ४ लाख ५ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । बढी प्रभावित हुने देशको दोस्रो नम्बरमा भारत रहेको छ । त्यहाँ हालसम्म १ करोड ५५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । उता संक्रमण भएर मृत्यु हुनेको संख्या नै १ लाख ५२ हजार भन्दा बढीको मृत्यु भएको छ ।
भारतले यहीवीच हिजो शनिबारदेखि देशभर कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिन शुरु गरेको छ ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ