भारतको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।
शुक्रबार राती महाराष्ट्रको भण्डारास्थित अस्पतालको एनआइसीयूमा विद्युत सर्किटमा समस्या भएपछि आगलागी भएको बताइएको छ । सो आगलागीमा परी उपचारका लागि राखिएका १७ मध्ये १० जना नवजात शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा आगलागी भएको निकै बेरपछि मात्र दमकल आएर सो आगो निभाएको जनाइएको छ । उता मृत्यु भएका बच्चाका आफन्तहरुले अस्पतालको चरम लापरवाहीका कारण आफना बच्चाहरुको मृत्यु भएको भन्दै अस्पतालबाहिर प्रदर्शन गरेका छन्।
सो वार्डमा एक दिनदेखि तीन महिनासम्मका बच्चा रहेको जनाइएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान