बेलायतमा नयाँ प्रकारको कोरोना कहर : आजदेखि पुन: देशव्यापी लकडाउन
हेल्थ टिभी अनलाइन : बेलायतमा कोरोनाको नयाँ प्रकारको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिएकाले यसलाई रोक्न देशव्यापी लकडाउनको घोषणा गरिएको जनाएका हुन्। उनले पहिलो चरणमा फेब्रुअरी १५ सम्म यो लकडाउन जारी रहने जनाएका छन्।
बेलायतमा लगातार ७ दिनदेखि दैनिक रुपमा ५० हजार भन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका छन्। बेलायत कोरोना संक्रमितको संख्याको हिसाबले पाँचौ नम्बरमा परे पनि पछिल्लो समय भने कोरोनाको नयाँ स्ट्रेन टाउको दुखाइ बनिरहेको छ ।
हालसम्म बेलायतमा २७ लाख १३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ७५ हजार बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण