कोरोना अपडेट : यी हुन् धेरै मृत्यु हुने र संक्रमित रहेका १० देश
हेल्थ टिभी अनलाइन : विश्वमा गत २४ घण्टामा साढे ५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ । वर्ल्डोमिटरका अनुसार गत २४ घण्टामा थप ५ लाख ५४ हजार जना संक्रमित थपिएका हुन्। यसैगरी २४ घण्टामा विश्वमा ९ हजार ४५१ जनाको मृत्यु भएको छ ।
विश्वमा शनिबार बिहानसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४३ लाख भन्दा बढी भइसकेको छ भने १८ लाख ३५ हजार भन्दा बढी मानिसको यो संक्रमणबाट ज्यान गएको छ । यसैगरी ५ करोड ९६ लाख भन्दा बढी संक्रमित संक्रमणमुक्त पनि भइसकेका छन्। उता अहिले पनि २ करोड २८ लाख भन्दा बढी संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।
चीनबाट शुरु भएको भए पनि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । हेरौं कुन देशमा कति संक्रमित छन्:
अमेरिका – संक्रमित- २0,६१६,४२८ मृत्यु- ३५६,४२८
भारत – संक्रमित – १०,३०३,४०९ मृत्यु- १४९,२०५
ब्राजील- संक्रमित- ७,७००,५७८ मृत्यु- १९५,४४१
रूस – संक्रमित – ३,१८६,३३६ मृत्यु – ५७,५५५
फ्रांस- संक्रमित- २,६३९,७७३ मृत्यु – ६४,७६५
यूके- संक्रमित – २,५४२,०६५ मृत्यु- ७४,१२५
टर्की – संक्रमित – २,२२०, ८५५ मृत्यु – २१,०९३
इटली – संक्रमित – २,१२९,३७६ मृत्यु – ७४,६२१
स्पेन – संक्रमित- १,९३६,७१८ मृत्य – ५०,८३७
जर्मनी – संक्रमित – १,७५५,९३७ मृत्यु – ३४,३८८




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?