Health TV Online
Health TV Online

कोरोना अपडेट : यी हुन् धेरै मृत्यु हुने र संक्रमित रहेका १० देश

कोरोना अपडेट : यी हुन् धेरै मृत्यु हुने र संक्रमित रहेका १० देश

हेल्थ टिभी अनलाइन : विश्वमा गत २४ घण्टामा साढे ५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ । वर्ल्डोमिटरका अनुसार गत २४ घण्टामा थप ५ लाख ५४ हजार जना संक्रमित थपिएका हुन्। यसैगरी २४ घण्टामा विश्वमा ९ हजार ४५१ जनाको मृत्यु भएको छ ।

विश्वमा शनिबार बिहानसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४३ लाख भन्दा बढी भइसकेको छ भने १८ लाख ३५ हजार भन्दा बढी मानिसको यो संक्रमणबाट ज्यान गएको छ । यसैगरी ५ करोड ९६ लाख भन्दा बढी संक्रमित संक्रमणमुक्त पनि भइसकेका छन्। उता अहिले पनि २ करोड २८ लाख भन्दा बढी संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

चीनबाट शुरु भएको भए पनि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । हेरौं कुन देशमा कति संक्रमित छन्:

अमेरिका – संक्रमित-  २0,६१६,४२८ मृत्यु-  ३५६,४२८
भारत – संक्रमित – १०,३०३,४०९ मृत्यु-  १४९,२०५
ब्राजील-  संक्रमित-  ७,७००,५७८ मृत्यु-  १९५,४४१
रूस – संक्रमित – ३,१८६,३३६ मृत्यु – ५७,५५५
फ्रांस-  संक्रमित-  २,६३९,७७३ मृत्यु – ६४,७६५
यूके-  संक्रमित – २,५४२,०६५ मृत्यु-  ७४,१२५
टर्की – संक्रमित – २,२२०, ८५५ मृत्यु – २१,०९३
इटली – संक्रमित – २,१२९,३७६ मृत्यु – ७४,६२१
स्पेन – संक्रमित-  १,९३६,७१८ मृत्य – ५०,८३७
जर्मनी – संक्रमित – १,७५५,९३७ मृत्यु – ३४,३८८

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार