विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन : विश्वमा कोरोना भाइरसको संक्रमण भएर १७ लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। वर्ल्डोमिटरका अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ९२४ पुगेको छ ।
यी मध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म ३ लाख २६ हजार ७७२ जनाको मृत्यु भएको छ । उता संक्रमतिको संख्या नै १ करोड ८४ लाख ७३ हजार ७१६ रहेको छ । अमेरिकापछि भारतमा बढी संक्रमित देखिएको जनाइएको छ ।
वर्ल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म १ करोड ७५ हजार ४२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ लाख ४६ हजार १४५ जनाको मृत्यु भएको छ । संक्रमित धेरै हुने देशमा ब्राजिल तेस्रो नम्बरमा रहेको छ । ब्राजिलमा ७२ लाख ६४ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ भने १ लाख ८७ हजार भन्दा बढी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ ।
यता नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति