विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : विश्वमा कोरोना भाइरसको संक्रमण भएर १७ लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। वर्ल्डोमिटरका अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ९२४ पुगेको छ ।
यी मध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म ३ लाख २६ हजार ७७२ जनाको मृत्यु भएको छ । उता संक्रमतिको संख्या नै १ करोड ८४ लाख ७३ हजार ७१६ रहेको छ । अमेरिकापछि भारतमा बढी संक्रमित देखिएको जनाइएको छ ।
वर्ल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म १ करोड ७५ हजार ४२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ लाख ४६ हजार १४५ जनाको मृत्यु भएको छ । संक्रमित धेरै हुने देशमा ब्राजिल तेस्रो नम्बरमा रहेको छ । ब्राजिलमा ७२ लाख ६४ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ भने १ लाख ८७ हजार भन्दा बढी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ ।
यता नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य