टर्कीमा कोभिड-१९ का बिरामी राखेको अस्पतालमा भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : दक्षिणी टर्कीस्थित कोरोना भाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
उक्त विस्फोटनले गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ। टर्कीमा हालसम्म २० लाखभन्दा धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण फेला परिसकेको छ।
कोभिड १९ का कारण त्यहाँ १७,६१० जनाको ज्यान गइसकेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ। शनिवार सबेरै भएको उक्त घटनापश्चात् लागेको आगलागीमा अरू थप घाइते भएका छैनन्। आगो चाँडै नै निभाइएको थियो।
मारिनेहरूमा ५६ देखि ८५ वर्ष उमेरका बिरामीहरू रहेको र विस्फोटनको कारणबारे अनुसन्धान थालिएको अस्पतालले जनाएको छ।
बीबीसीबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण