इन्डोनेसियामा कोरोनाविरुद्धको पहिलो खोप राष्ट्रपतिले लगाए
हेल्थ टिभी अनलाइन : इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको पहिलो खोप सबैभन्दा पहिला त्यहाँका राष्ट्रपति जोको विडोडोले लगाएका छन् ।
बुधबारदेखि लगाउन सुरु गरिएको खोप शुरुमा राष्ट्रपति विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुआत गरिएको हो ।उनले खोप लगाएपछि आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् ।
राष्ट्रपति विडोडोले खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन्। त्यहाँ सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाइएको छ।
अधिकारीहरूका अनुसार इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको छ। इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्, भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड