विश्वमा एकैदिन १३ हजार बढी कोरोना संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : विश्वमा एकैदिन १३ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशहरुमा १३ हजार ३६३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यसैगरी गत २४ घण्टामा ७ लाख ११ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। एकातिर कोरोना विरुद्धको भ्याक्सिनको कुरा चलिरहेको छ भने अर्को तिर कोरोना संक्रमण पनि तीव्र रुपमै बढिरहेको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा ७ करोड ४५ लाख ३४ हजार १५५ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये हालसम्म १६ लाख ५५ हजार २२६ जनाको मृत्यु भएको छ । उता संक्रमणमुक्त हुनेको संख्या ५ करोड २३ लाख ७२ हजार ५३४ रहेको छ । विश्वमा कोरोना संक्रमणबाट हुने मृत्युदर औसमा ३ प्रतिशत रहेको बताइएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान