विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, १६ लाख बढीको मृत्यु
हेल्थ टिभी अनलाइन : कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ करोड नाघेको हो । हाल विश्वमा संक्रमितको संख्या ७ करोड १४ लाख ३३ हजार ७८५ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख १ हजार ८८ पुगेको छ । कुल संक्रमितमध्ये ४ करोड ९६ लाख ३४ हजार १०६ जना निको भएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ६२ लाख ९५ हजार ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख २ हजार ७५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
अमेरिकापछि भारत प्रभावित भएको छ । भारत संक्रमणको हिसाबले दोस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ९८ लाख २७ हजार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ हालसम्म १ लाख ४२ हजार ६६२ जनाको मृत्यु भएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म २ लाख ४६ हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ सय ७४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ