Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, १६ लाख बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, १६ लाख बढीको मृत्यु

हेल्थ टिभी अनलाइन : कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ करोड नाघेको हो । हाल विश्वमा संक्रमितको संख्या ७ करोड १४ लाख ३३ हजार ७८५ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख १ हजार ८८ पुगेको छ । कुल संक्रमितमध्ये ४ करोड ९६ लाख ३४ हजार १०६ जना निको भएका छन्।  कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ६२ लाख ९५ हजार ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख २ हजार ७५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

अमेरिकापछि भारत प्रभावित भएको छ । भारत संक्रमणको हिसाबले दोस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ९८ लाख २७ हजार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ हालसम्म १ लाख ४२ हजार ६६२ जनाको मृत्यु भएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म २ लाख ४६ हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ सय ७४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि