विश्वभर ९७ प्रतिशत कोरोना संक्रमित निको भए
हेल्थ टिभी अनलाइन : विश्वभर कुल कोरोना संक्रमितको ९७ प्रतिशत संक्रमित निको भएका छन्। वर्ल्डोमिटरका अनुसार आइतबारसम्म विश्वमा ६ करोड ७३ लाख ८६ हजार २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ४ करोड ६५ लाख ८० हजार १३३ जना संक्रमित निको भएका छन्। यो कुल कोरोना संक्रमितको ९७ प्रतिशत हो । यसैगरी संक्रमित मध्ये हालसम्म १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भइसेको छ । यो संख्या हेर्दा विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ३ प्रतिशत रहेको पाइन्छ । गत वर्षको डिसेम्बर महिलामा चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल २१८ देशमा पुगेको छ ।
विश्वमा अहिले १ करोड ९२ लाख ६४ हजार ४८८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ५१ लाख ५९ हजार ५२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड