विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ११ हजार ९१५ पुगेको छ ।
यसैगरी विश्वमा कुल कोरोना संक्रमितको संख्या ६ करोड ५५ लाख ३६ हजार ४० रहेको छ । संक्रमित मध्ये साढे ४ करोड भन्दा बढी निको भएर घर फर्किसेका छन्। गत वर्षको डिसेम्बर महिनामा पहिलोपटक चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस संक्रमण हाल २१८ देशमा फैलिएको छ । यसको सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ ।
अमेरिकामा मात्रै हालसम्म १ करोड ४५ लाख ३५ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ लाख ८२ हजार ८२९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
अमेरिकापछि भारत कोरोनाको संक्रमणबाट बढी प्रभावित भएको पाइन्छ । भारतमा हालसम्म ९५ लाख ७१ हजार ७८० जनामा कोरोना देखिएको छ । यसैगरी १ लाख ३९ हजार २२७ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण