Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मी कोरोना भाइरस पुन: संक्रमणको उच्च जोखिममा, दोस्रोपटकको संक्रमण अझै खतरनाक

स्वास्थ्यकर्मी कोरोना भाइरस पुन: संक्रमणको उच्च जोखिममा, दोस्रोपटकको संक्रमण अझै खतरनाक

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण भएर निको भएका व्यक्तिमा पनि पुन संक्रमण देखिएको छ । भर्खरै मात्र गरिएको एक अध्ययनमा मुम्बईमा ४ जना स्वास्थ्यकर्मीमा पुन: संक्रमण भएको पाइएको हो । यसरी दोस्रोपटक भएको संक्रमणमा उनीहरुको स्वास्थ्य अवस्था झनै खराब भएको पाइएको रिपोर्ट ‘ल्यानसेट मेडिकल जर्नल’ मा प्रकाशित भएको छ । अध्ययनले स्वास्थ्यकर्मी पुन: संक्रमणको उच्च जोखिममा रहेको पनि जनाएको छ ।

यसरी दोस्रोपटक संक्रमण हुनेमा बीएमसी अस्पतालका ३ जना डाक्टर र हिंदुजा अस्पतालका एक जना स्वास्थ्यकर्मी हुन्। उनीहरुलाई दोस्रोपटक संक्रमण हुँदा अवस्था निकै नाजुक भएको बताइएको छ । पहिलापटक कुनै लक्षण नदेखिएका उनीहरुमा पनि दोस्रोपटक संक्रमण हुँदा अझ बढी स्वास्थ्य समस्या भएको पाइएको अध्ययनमा उल्लेख छ । उनीहरुलाई ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने लगायतका समस्या भएर अस्पताल भर्ना हुने परेको थियो ।

विज्ञले पीसीआरबाट पुन :संक्रमण भएको होकी हैन भन्ने पत्ता लगाउन नसकिने हुँदा ‘जिनोम सिक्वेन्सिङ’ गरिएको जनाएका छन्। उता हङकङमा पनि एक जनामा पुन संक्रमण भएको थियो । नेपालमा पनि ३ जना स्वास्थ्यकर्मीमा पुन संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु अहिले निको भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन