स्वास्थ्यकर्मी कोरोना भाइरस पुन: संक्रमणको उच्च जोखिममा, दोस्रोपटकको संक्रमण अझै खतरनाक
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण भएर निको भएका व्यक्तिमा पनि पुन संक्रमण देखिएको छ । भर्खरै मात्र गरिएको एक अध्ययनमा मुम्बईमा ४ जना स्वास्थ्यकर्मीमा पुन: संक्रमण भएको पाइएको हो । यसरी दोस्रोपटक भएको संक्रमणमा उनीहरुको स्वास्थ्य अवस्था झनै खराब भएको पाइएको रिपोर्ट ‘ल्यानसेट मेडिकल जर्नल’ मा प्रकाशित भएको छ । अध्ययनले स्वास्थ्यकर्मी पुन: संक्रमणको उच्च जोखिममा रहेको पनि जनाएको छ ।
यसरी दोस्रोपटक संक्रमण हुनेमा बीएमसी अस्पतालका ३ जना डाक्टर र हिंदुजा अस्पतालका एक जना स्वास्थ्यकर्मी हुन्। उनीहरुलाई दोस्रोपटक संक्रमण हुँदा अवस्था निकै नाजुक भएको बताइएको छ । पहिलापटक कुनै लक्षण नदेखिएका उनीहरुमा पनि दोस्रोपटक संक्रमण हुँदा अझ बढी स्वास्थ्य समस्या भएको पाइएको अध्ययनमा उल्लेख छ । उनीहरुलाई ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने लगायतका समस्या भएर अस्पताल भर्ना हुने परेको थियो ।
विज्ञले पीसीआरबाट पुन :संक्रमण भएको होकी हैन भन्ने पत्ता लगाउन नसकिने हुँदा ‘जिनोम सिक्वेन्सिङ’ गरिएको जनाएका छन्। उता हङकङमा पनि एक जनामा पुन संक्रमण भएको थियो । नेपालमा पनि ३ जना स्वास्थ्यकर्मीमा पुन संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु अहिले निको भइसकेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य