यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश
हेल्थ टिभी अनलाइन : कोेरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशको लिस्टमा अमेरिका पहिलो नम्बरमा पर्छ । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना महामारी यतिबेला चीनले नियन्त्रणमा ल्याइसकेको छ जसका कारण चीन प्रभावित देशको टप टेनमा पनि पर्दैन्।
बढी प्रभावित देशहरुमा क्रमस अमेरिका, भारत, ब्राजिल,रुस, पेरु, कोलम्बिया,मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्जेन्टिना रहेका छन्। एक नम्बरमा रहेको अमेरिकामा मात्रै हालसम्म ६६ लाख ७६ हजार ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ९८ हजार १२८ जनाको मृत्यु भएको छ । यसैगरी भारतमा अहिलेसम्म ४७ लाख ५१ हजार ७८८ जनामा संक्रमण देखिएको छ । संक्रमण धेरै भए पनि भारतमा मृत्यु दर भने कम रहेको छ । हालसम्म त्यहाँ ७८ हजार ६१४ जनाको कोरोनाबाट ज्यान गएको जनाइएको छ ।
यसैगरी भारतपछि ब्राजिलमा धेरै संक्रमित रहेका छन्। ब्राजिलमा ४३ लाख १५ हजार ८५८ जनामा कोरोना देखिएको छ भने १ लाख ३१ हजार २७४ जनाको मृत्यु भएको छ ।
२३ वटा देशमा २ लाख भन्दा बढी संक्रमित रहेका छन्। विश्वमा हाल २ करोड ८९ लाख ४० हजार २२३ जना संक्रमित भइसकेका छन् भने ९ लाख २४ हजार ५६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
यसैगरी क्रमस रुस, पेरु, कोलम्बिया, मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्नेन्टिनामा धेरै संक्रमित रहेका छन्। यता नेपालमा भने हालसम्म कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ रहेको छ ।
विभिन्न १० मुलुकको संक्रमण संख्या निम्न रहेको छ:
अमेरिका – ६६,७६,६०१
भारत- ४७,५१,७८८
ब्राजील- ४३, १५,८५८
रूस- १०,५७,३६२
पेरू – ७,२२,८३२
कोलंबिया – ७, ०८,९६४
मैक्सिको – ६,६३,९७३
साउथ अफ्रीका- ६,४८,२१४
स्पेन – ५,७६,६९७
अर्जेंटिना – ५, ४६,४८१





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’