विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नजिक
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख २४ हजार ६६५ पुगेको छ । गत २४ घण्टामा मात्रै विश्वभर ३ लाख बढी मानिसमा संक्रमण देखिएको छ भने ५ हजार ९२७ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म ९ लाख १३ हजार ९०८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी हालसम्म २ करोड ३३ लाख बढी मानिस उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन्। अझै पनि विभिन्न देशमा गरी ७० लाख ७१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको जनाइएको छ । कोरोनाबाट बढी प्रभावित हुने देशको लिस्टमा अमेरिका, भारत र ब्राजिल रहेका छन्। तर पछिल्ला केही दिन यता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
अमेरिकामा मात्रै हालसम्म ६५ लाख ८८ हजार १६३ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख ९६ हजार ३२८ जनाको ज्यान गएको छ । यसैगरी भारतमा ४५ लाख ५९ हजार ७२५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ७६ हजार ३०४ जनाको मृत्यु भएको जनाइएको छ । उता ब्राजिलमा पनि अहिलेसम्म ४२ लाख ३९ हजार ७६३ जनामा कोरोना पुष्टि भएको छ भने १ लाख २९ हजार ५७५ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण