Health TV Online
Health TV Online

रुसमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिन तयार भएको रूसी राष्ट्रपति पुटिनको दाबी

रुसमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिन तयार भएको रूसी राष्ट्रपति पुटिनको दाबी

हेल्थ टिभी अनलाइन : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएका छन्।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो।

पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका छन्। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए।
ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो।

पश्चिमा देशका वैज्ञानिकहरूले रूसको खोप कार्यक्रमबारे प्रश्न उठाएका छन्। उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आशङ्का व्यक्त गरेका छन्। रुसले भने विभिन्न देशबाट उक्त खोपको एक अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ।

मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ। स्पुत्निक सोभियत सङ्घले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भू(उपग्रहको नाम हो।अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ।बीबीसी स्वास्थ्य संवाददाता फेर्गुस वाल्शका अनुसार अन्य समूहहरूले जस्तो मस्कोको गामालेया इन्स्टिट्यूले आफ्नो अध्ययनको कुनै सुरक्षा र प्रतिरोध क्षमतासम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन।

त्यसले गर्दा स्वतन्त्र वैज्ञानिकहरूलाई यसको विश्लेषण गर्न असम्भव हुन्छ।राष्ट्रपति पुटिनमा रुसी विज्ञानको क्षमतासम्बन्धी विश्वलाई स्पष्ट सन्देश दिने व्यग्रता छ,उनी भन्छन्, तर पहिलो हुनु मात्रै पर्याप्त छैन।

अहिले बन्ने क्रममा रहेका कुनै कोभिड(१९ का खोपले कोरोनाभाइरसविरुद्ध सुरक्षा देखाएका छैनन्। मुख्य प्रश्न अझै अनुत्तरित नै छ।

बीबीसीबाट:

थप समाचार