Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वमा कोरोना : एकैदिन थपिए २ लाख ८८ हजार संक्रमित

विश्वमा कोरोना : एकैदिन थपिए २ लाख ८८ हजार संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन्। गत २४ घण्टामा मात्र विश्वमा २ लाख ८८ हजार कोरोना संक्रमित थपिएका छन्।

वर्ल्डोमिटरका अनुसार शुक्रबार मात्रै ६ हजार १८२ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा हालसम्म १ करोड ५९ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ लाख ४२ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ ।

गत डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले अमेरिकालाई सबैभन्दा बढी प्रभावित बनाएको छ । अमेरिकामा मात्रै ४२ लाख ४८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । यसैगरी १ लाख ४८ हजार बढी मानिसको यही भाइरसका कारण मृत्यु भएको बताइएको छ ।

अमेरिकापछि ब्राजिलमा धेरै संक्रमित रहेका छन्। ब्राजिलमा हालसम्म २३ लाख बढी मानिसमा यो संक्रमण देखिएको छ भने ८५ हजार संक्रमितको ज्यान गएको छ ।
नेपालमा हालसम्म १८ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको छ भने ४५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि