विश्वमा कोरोना : एकैदिन थपिए २ लाख ८८ हजार संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन्। गत २४ घण्टामा मात्र विश्वमा २ लाख ८८ हजार कोरोना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटरका अनुसार शुक्रबार मात्रै ६ हजार १८२ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा हालसम्म १ करोड ५९ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ लाख ४२ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ ।
गत डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले अमेरिकालाई सबैभन्दा बढी प्रभावित बनाएको छ । अमेरिकामा मात्रै ४२ लाख ४८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । यसैगरी १ लाख ४८ हजार बढी मानिसको यही भाइरसका कारण मृत्यु भएको बताइएको छ ।
अमेरिकापछि ब्राजिलमा धेरै संक्रमित रहेका छन्। ब्राजिलमा हालसम्म २३ लाख बढी मानिसमा यो संक्रमण देखिएको छ भने ८५ हजार संक्रमितको ज्यान गएको छ ।
नेपालमा हालसम्म १८ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको छ भने ४५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम