भारतमा २४ घण्टामा थपिए ५० हजार संक्रमित, कुल संक्रमितकाे संख्या १२ लाख ८८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा गत २४ घण्टामा मात्र झण्डै ५० हजार कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै धेरै ४९ हजार ३१० जना नयाँ संक्रमित थपिएका छन् भने ७४० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार यो संख्या एकैदिन देखिएको अहिलेसम्मकै धेरै हो । वर्ल्डोमिटरका अनुसार हालसम्म भारतमा १२ लाख ८८ हजार १३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नै ३० हजार ६०१ पुगेको बताइएको छ ।
यसैगरी भारतमा ८ लाख १७ हजार बढी संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम