भारतमा कोरोना समुदायमा फैलियो, नियन्त्रण गर्न गाह्रो छ : इन्डियन मेडिकल एसोसिएसन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना भाइरस समुदायमा फैलिएको भन्दै स्थिती भयावह हुनसक्ने बताइएको छ ।
आइतबार भारतीय मेडिकल एसोसिएसनले विज्ञप्ति जारी गर्दै भारतका कयौं गाउँहरुमा कोरोना समुदायमा फैलिएको भन्दै यसलाई रोक्नका लागि ठोस कदम चालिनुपर्ने बताएको छ । विज्ञप्तिमा कोरोनाबाट दैनिक रुपमा ३० हजार बढी संक्रमित हुनु राम्रो संकेत नभएको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने जनाएको छ ।
भारतमा हालसम्म ११ लाख १८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २७ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ । यो संँख्या दिनप्रतिदिन बढिरहेको छ । भारत सरकारले आर्थिक मन्दी हुने भन्दै लगभग सबै क्षेत्र खुला गरेको छ । सुरक्षाका उपाय अपनाउँदै व्यापार व्यवसाय गर्न भनिए पनि मानिसहरुको भिढभाड त्यत्तिकै देखिने गरेको छ । जसले गर्दा महाराष्ट्र, दिल्ली, तमिलनाडु, पश्चिम बंगाल लगायतका राज्यमा संक्रमितको संख्या अत्यधिक बढिरहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’