विश्वभर ४ दिनमा थपिए १० लाख कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । गत ४ दिनमा मात्रै विश्वमा १० लाख कोरोना संक्रमित पुष्टि भएका छन्।
वर्ल्डोमीटरका अनुसार पछिल्लो १२ दिन यता विश्वमा लगातार दैनिक २ लाख भन्दा बढी संक्रमित फेला परिरहेका छन्। यसैगरी हरेक दिन ५ हजार बढी संक्रमितको मृत्यु भएको पाइएको छ ।
विश्वमा हाल १ करोड ४२ लाख ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने ५ लाख ९९ हजार बढीको कोरोनाबाट मृत्यु भइसकेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै ३७ लाख भन्दा बढी मानिसमा संक्रमण देखिएको छ भने १ लाख ४२ हजारको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै ४ लाख ३२ हजार संक्रमित फेला परेका छन्।
यसैगरी संक्रमित धेरै हुने देशमा ब्राजिल दोस्रो नम्बरमा रहेको छ । ब्राजिलमा २० लाख मानिसमा संक्रमण पुष्टि भएको बताइएको छ । त्यसैगरी ७७ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम