Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर ४ दिनमा थपिए १० लाख कोरोना संक्रमित

विश्वभर ४ दिनमा थपिए १० लाख कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । गत ४ दिनमा मात्रै विश्वमा १० लाख कोरोना संक्रमित पुष्टि भएका छन्।

वर्ल्डोमीटरका अनुसार पछिल्लो १२ दिन यता विश्वमा लगातार दैनिक २ लाख भन्दा बढी संक्रमित फेला परिरहेका छन्। यसैगरी हरेक दिन ५ हजार बढी संक्रमितको मृत्यु भएको पाइएको छ ।

विश्वमा हाल १ करोड ४२ लाख ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने ५ लाख ९९ हजार बढीको कोरोनाबाट मृत्यु भइसकेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै ३७ लाख भन्दा बढी मानिसमा संक्रमण देखिएको छ भने १ लाख ४२ हजारको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै ४ लाख ३२ हजार संक्रमित फेला परेका छन्।

यसैगरी संक्रमित धेरै हुने देशमा ब्राजिल दोस्रो नम्बरमा रहेको छ । ब्राजिलमा २० लाख मानिसमा संक्रमण पुष्टि भएको बताइएको छ । त्यसैगरी ७७ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन