बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी ८ वर्षकी छोरीलाई पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या राय बच्चन र उनकी ८ वर्षीय छोरी आराध्या बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएकोछ । सो कुराको पुष्टि महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीट मार्फत गरेका छन्।
अमिताभकी श्रीमती जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुमा कोरोना पुष्टि भए पनि ऐश्वर्या र उनकी छोरीमा कुनै लक्षण नभएकाले होम आइसोलेसनमा रहने बताइएको छ । अमिताभ र अभिषेकमा कोरोना संक्रमणदेखिएपछि उनको परिवारसहित सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको थियो । उनीहरु अहिले मुम्बईको नानावती अस्पतालको आइसोलसन वार्डमा रहेका छन्।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान