बलिवुड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बलिवुडका नेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ । शनिबार अमिताभले ट्विट मार्फत आफूलाई कोभिड १९ पोजेटिभ भएको जानकारी गराएका थिए ।
योसँगै उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको बताएका छन्। उनका छोरा अभिषेक बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु दुबै जनालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले स्थानीय मिडियालाई बताएका छन्। उनले जया बच्चन र ऐश्वर्या रायको पनि कोरोना परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको जनाएका छन्।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान