बलिवुड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बलिवुडका नेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ । शनिबार अमिताभले ट्विट मार्फत आफूलाई कोभिड १९ पोजेटिभ भएको जानकारी गराएका थिए ।
योसँगै उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको बताएका छन्। उनका छोरा अभिषेक बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु दुबै जनालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले स्थानीय मिडियालाई बताएका छन्। उनले जया बच्चन र ऐश्वर्या रायको पनि कोरोना परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको जनाएका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार