विश्वभर एकैदिन थपिए झण्डै २ लाख कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन्। वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्रै विश्वमा एक लाख ९५ हजार ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैदिन देखिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९३ हजार पुगेको छ । यसैगरी हालसम्म कोरोना संक्रमणका कारण ५ लाख १८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ अमेरिकामा मात्रै हालसम्म २७ लाख ७८ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । जबकी त्यहाँ बिहिबार बिहानसम्म कोरोेनाबाट मृत्यु हनेको संख्या नै १ लाख ३० हजार ७८९ पुगेको छ । शुरुमा खासै संक्रमित नदेखिएको ब्राजिलमा पछिललो समय संक्रमण तिब्र रुपमा बढेको छ । ब्राजिलमा गत २४ घण्टामा ४४ हजार ८८४ नयाँ संक्रमित फेला परेका छन्। भारतमा पनि कोरोना संक्रमण झन झन बढिरहेको पाइन्छ । त्यहाँ हालसम्म ६ लाख ५ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। दैनिक रुपमा १५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । नेपालमा संक्रमितको संख्या १४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार