Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । वर्ल्डोमीटरका अनुसार बुधबार बिहानसम्म कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार ८१६ पुगेको छ । यसैगरी संक्रमितको संख्या ९३ लाख ५४ हजार ३२६ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा मात्रै १ लाख २३ हजार ४७३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन रहेको छ । संक्रमित धेरै भएको देशमा भने भारत चौंथो नंबरमा परेको छ । त्यहाँ बुधबार बिहानसम्म ४ लाख ५६ हजार ६२ जनामा कोरोना पुष्टि भएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि