विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन: कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । वर्ल्डोमीटरका अनुसार बुधबार बिहानसम्म कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार ८१६ पुगेको छ । यसैगरी संक्रमितको संख्या ९३ लाख ५४ हजार ३२६ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा मात्रै १ लाख २३ हजार ४७३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन रहेको छ । संक्रमित धेरै भएको देशमा भने भारत चौंथो नंबरमा परेको छ । त्यहाँ बुधबार बिहानसम्म ४ लाख ५६ हजार ६२ जनामा कोरोना पुष्टि भएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण