Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  भारतमा कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दो छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै झण्डै १० हजार नयाँ संक्रमित थपिएका छन्।

त्यहाँ गत २४ घण्टामा ९ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एकैदिन २०७ जनाले ज्यान गुमाएको त्यहाँको मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ६११ पुगेको बताइएको छ । कोरोना संक्रमणकै कारण भारतका विभिन्न जिल्लामा गरी ७ हजार १३५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणपछि निको भएर घर फर्किनेको संख्या नै १ लाख २४ हजार बढी छ ।

भारत विश्वभरीमा सबै भन्दा बढी प्रभावित हुने देशहरुको लिस्टमा ६ नम्बरमा परिसकेको छ । सोमबारको आँकडा हेर्दा कोरोना संक्रमित बढ्ने हिसाबमा भारत तेस्रो नम्बरमा परेको छ । भारत अघि अमेरिकामा एकैदिन १८ हजार ९०५ र ब्राजिलमा १८ हजार ३७५ जना थपिएका थिए । त्यसपछि तेस्रो नम्बरमा भारतमा ९ हजार ९८३ जना थपिएका छन्।

भारतमा ९३ प्रतिशत संक्रमितको मृत्यु ८ वटा राज्यमा मात्रै भएको बताइएको छ । महाराष्ट्र, गुजरात,दिल्ली , मध्य प्रदेश, पश्चिम बंगाल, उत्तर  पश्चिम, तमिलनाडुर राजस्थान बढी प्रभावित भएको पाइन्छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन