भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन: भारतमा कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दो छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै झण्डै १० हजार नयाँ संक्रमित थपिएका छन्।
त्यहाँ गत २४ घण्टामा ९ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एकैदिन २०७ जनाले ज्यान गुमाएको त्यहाँको मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ६११ पुगेको बताइएको छ । कोरोना संक्रमणकै कारण भारतका विभिन्न जिल्लामा गरी ७ हजार १३५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणपछि निको भएर घर फर्किनेको संख्या नै १ लाख २४ हजार बढी छ ।
भारत विश्वभरीमा सबै भन्दा बढी प्रभावित हुने देशहरुको लिस्टमा ६ नम्बरमा परिसकेको छ । सोमबारको आँकडा हेर्दा कोरोना संक्रमित बढ्ने हिसाबमा भारत तेस्रो नम्बरमा परेको छ । भारत अघि अमेरिकामा एकैदिन १८ हजार ९०५ र ब्राजिलमा १८ हजार ३७५ जना थपिएका थिए । त्यसपछि तेस्रो नम्बरमा भारतमा ९ हजार ९८३ जना थपिएका छन्।
भारतमा ९३ प्रतिशत संक्रमितको मृत्यु ८ वटा राज्यमा मात्रै भएको बताइएको छ । महाराष्ट्र, गुजरात,दिल्ली , मध्य प्रदेश, पश्चिम बंगाल, उत्तर पश्चिम, तमिलनाडुर राजस्थान बढी प्रभावित भएको पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण