विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरस संक्रमणबाट ३ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार संक्रमित हुनेको संख्या ६२ लाख ६३ हजार नाघेको छ । विश्वभर २८ लाख ४६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा संक्रमितको संख्या १८ लाख ३७ हजार नाघेको छ । त्यहाँ १ लाख ६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ५ लाख नाघेको छ भने २८ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।हालसम्म बेलायतमा ३८ हजार १ सय, इटलीमा ३३ हजार ३ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । रुसमा संक्रमितको संख्या चार लाख ५ हजार नाघेको छ भने ४ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यसैगरी भारतमा पनि संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ भने ५ हजार ४ सय ८ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ६९ हजार ४ सय नाघेको छ । त्यहाँ १ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य