Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार नाघ्यो 

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार नाघ्यो 

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरस संक्रमणबाट ३ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार संक्रमित हुनेको संख्या ६२ लाख ६३ हजार नाघेको छ । विश्वभर २८ लाख ४६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा संक्रमितको संख्या १८ लाख ३७ हजार नाघेको छ । त्यहाँ १ लाख ६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ५ लाख नाघेको छ भने २८ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।हालसम्म बेलायतमा ३८ हजार १ सय, इटलीमा ३३ हजार ३ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । रुसमा संक्रमितको संख्या चार लाख ५ हजार नाघेको छ भने ४ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यसैगरी भारतमा पनि संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ भने ५ हजार ४ सय ८ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ६९ हजार ४ सय नाघेको छ । त्यहाँ १ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन