भारतका चर्चित संगीतकार वाजिद खानको कोरोनाका कारण निधन
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतका चर्चित म्युजिक डाइरेक्टर तथा गायक वाजिद खानको कोरोना संक्रमणका कारण निधन भएको छ ।
६ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका उनको आइतबार कोरोना संक्रमणका कारण मुम्बईस्थित सुराणा सेठिया अस्पतालमा निधन भएको हो । ४३ वर्षीय वाजिद केही दिन अघि मिर्गौला र घाँटीमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएको बताइएको छ । उनी अस्पताल भर्ना हुँदा उच्च ज्वरो आएकाले उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको त्यहाँका मिडियाले जनाएका छन्।
उनको निधनमा बलिवुडका कलाकारहरुले दुख व्यक्त गरेका छन्। बलिवुडमा साजिद-वाजिद निकै नै चर्चित संगीतकार मानिन्छन्। उनीहरु दाजुभाई हुन्। साजिद दाई हुन भने वाजिद भाई हुन्। उनीहरुले वलिवुडमा थुप्रै सुपर हिट फिल्महरुमा संगीत दिएका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार