Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दमका बिरामीलाई कोभिड-१९ को जोखिम कति ?

दमका बिरामीलाई कोभिड-१९ को जोखिम कति ?

हेल्थ टिभी अनलाइन : कोभिड-१९ को जोखिम दीर्घ रोग भएका व्यक्तिहरुलाई बढी हुन्छ भन्ने कुरा त प्रमाणित नै भइसकेको छ । त्यसैले पहिलेदेखि नै दीर्घ रोग भएका (दम, क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, श्वासप्रश्वास सम्बन्धी समस्या भएका)  र औषधि खाइरहेका यस्ता व्यक्तिले अझ बढी सतर्क हुन जरुरी छ । यतिबेला विश्व नै कोरोनाबाट आक्रान्त बनेको छ । यसको असर नेपालमा पनि परिसकेको छ । यो लेख तयार पार्दासम्म नेपालमा १५ सय बढी संक्रमित भइसकेका छन् भने ८ जनाले ज्यान गुमाएका छन्।

कोरोना आफैमा श्वासप्रश्वाससँग सम्बन्धित संक्रमण भएकाले पनि श्वासप्रश्वाससँग सम्बिन्धत बिरामीले अझ बढी सावधानी अपनाउनुपर्छ । उनीहरुमा यो संक्रमणको जोखिम बढी हुने गर्छ । मैले यहाँ कुरा गर्न खोजेको दम रोग भएका बिरामीलाई कोरोना भएमा यसको जटिलता अन्यको तुलनमा कयौँ  गुणा बढी हुनसक्छ । किनकी यस्ता व्यक्तिहरुको फोक्सो पहिले नै कमजोर हुन्छ । यो बेला कोभिड भाइरसले यसमा आक्रमण गर्दा झर्नै गाहो हुन्छ ।

दमका बिरामी आफै पनि कोरोना संक्रमणको उच्च जोखिममा छन्। किनभने श्वासप्रश्वासको समस्या भएका मानिसमा अन्य व्यक्तिको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले उनीहरुमा कोरोनाको संक्रमण छिटो हुने संभावना धेरै हुन्छ। यतिसम्म की उनीहरुलाई संक्रमण भए आइसीयूमै राख्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने समेत हुन सक्छ किनकी दुबै रोगमा श्वासप्रश्वासमै समस्या हुने हो ।

विशेष गरी दमका बिरामीलाई उपचार गर्दा बिरामी अनुसारको उपचार गरिन्छ । कसैलाई नेबुलाइजरर प्रयोग गरिन्छ कसैलाई इन्हेलर प्रयोग गर्न लगाइन्छ । अक्सिजनको कमी भई सास फेर्न धेरै नै गाह्रो भएमा नन इन्भेसिभ भेन्टिलेटरको प्रयोग गर्न लगाउँछौं । यो बिरामी आफैले घरमा गर्न सक्छन्। तर यस्ता कुराहरुको प्रयोग गर्दा अन्य मानिस पनि सँगै भएमा यो तरिकाबाट सास लिने फाल्ने गर्दा  अन्य व्यक्तिलाई संक्रमण सर्ने सम्भावना बढी हुन्छ । यो कुरामा दमका बिरामीले हेक्का राख्न जरुरी छ । आफूले प्रयोग गर्ने सामान राम्रोसँग सफा गरेर बच्चाले नभेट्ने स्थानमा सुरक्षित रुपमा राख्नुपर्छ ।

यो त भयो अरुलाई रोग सर्नसक्ने जोखिम । अर्को दमका बिरामी आफै पनि कोरोना संक्रमणको उच्च जोखिममा छन्। किनभने श्वासप्रश्वासको समस्या भएका मानिसमा अन्य व्यक्तिको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले उनीहरुमा कोरोनाको संक्रमण छिटो हुने संभावना धेरै हुन्छ। यतिसम्म की उनीहरुलाई संक्रमण भए आइसीयूमै राख्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने समेत हुन सक्छ किनकी दुबै रोगमा श्वासप्रश्वासमै समस्या हुने हो ।

दमका बिरामीले नियमित जे औषधि खाइरहेका छन् उक्त औषधि आफू खुशी छोडन् भएन । यसले उल्टो जटिलता निम्त्याउँछ । अहिले लकडाउन छ त्यसैले सबैतिर सजिलै औषधि नपाइन पनि सक्छ तर त्यसको सट्टामा अर्को औषधि विकल्प हुनसक्छ । डाक्टरसँग सल्लाह गरेर औषधि परिवर्तन गर्न सकिन्छ । त्यसका लागि आफनो डाक्टरको सम्पर्कमा रहेर सल्लाह लिन जरुरी छ ।

योसँगै कोरोना महामारीका कारण देशभर लकडाउन छ यद्यपी अस्पतालहरु पनि खुलेका छन्। अस्पताल खुला छ भनेर सानो समस्यामा पनि यतिबेला अस्पताल नजान सल्लाह दिन्छु म किनकी किनकी अस्पतालमा जोखिम धेरै छ । अस्पतालमा अनेक थरीका बिरामी आउँछन् पहिलेदेखि नै रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई संक्रमण सर्ने सम्भावना अन्यको तुलनामा बढी हुने हुँदा सकेसम्म अस्पताल जाने काम कम गरौं । इमरजेन्सी परेमा जानै परेमा आफनो डाक्टरको सल्लाहमा समय लिएर जान सकिन्छ । त्यसो त इमरजेन्सीमा त हामीले बिरामी हेरिरहेका छौं

फोक्सो शरीरको महतवपूर्ण अंग हो । यसलाई स्वस्थ राख्न जरुरी छ । फोक्सोको प्रमुख दुस्मन भनेको चुरोट अर्थात धुम्रपान गर्नु हो। यसको प्रयोग रोक्नैपर्छ । चुरोट सेवन गर्नेमा कोरोनाको जोखिम उच्च रहेको कुरा त विभिन्न अध्ययनले देखाइसकेको छ । कोरोना संक्रमितको उपचारका क्रममा पनि चुरोट अर्थात सुर्तीजन्य पदार्थको सेवन गर्नेमा बढी जोखिम भएको पाइएको छ । त्यसैले कोरोनाको डरले मात्र हैन आफू स्वस्थ रहन पनि सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहन म सल्लाह दिन्छु । अर्को कुरा गाउँघरमा प्रयोग गरिने दाउराको चुलोबाट निस्कने धुवाँले पनि सिधै फोक्सोमा असर गर्छ । सकेसम्म यस्ता कुराहरुलाई पनि ध्यान दिएर यसको सट्टा विकल्प खोज्न जरुरी हुन्छ ।

यसका साथै लकडाउनका कारण घरमै बसेका बिरामीहरुले सामान्य हिंडडुल गर्ने, शारीरिक व्यायाम गर्ने, योग अभ्यास गर्ने गर्न सकिन्छ । यसले अन्य समस्या कम गर्न पनि सहयोग गर्छ ।

थप समाचार