Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना निको हुनेको संख्या २६ लाख ५९ हजार नाघ्यो

विश्वभर कोरोना निको हुनेको संख्या २६ लाख ५९ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  विश्वभर २६ लाख बढी मानिस कोरोना संक्रमण पछि निको भएर घर फर्केका छन्। वर्ल्डोमीटरका अनुसार हालसम्म विश्वभर २६ लाख ५९ हजार २५० जना कोरोनालाई जितेर घर फर्केका छन्।

२१३ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३ लाख ६६ हजार ८०९ जनाको मृत्यु भएको छ । यसैगरी ६० लाख ३० हजार ४३५ जनामा कोरोना पुष्टि भएको बताइएको छ । विश्वमा २४ घण्टामा मात्रै १ लाख २५ हजार भन्दा बढी संक्रमित थपिएका छन्। साथै ४ हजा। ६१२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।

चीनबाट शुरु भएको भए पनि यसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै १ लाख ४ हजार बढी मानिसको मृत्यु भएको छ। यसैगरी संक्रमित हुनेको संख्या १७ लाख बढी छ ।

विश्वभर कोरोना संक्रमित फैलिएको भए पनि यसको ७४ प्रतिशत संख्या १२ देशमा रहेका छन्। त्यसमा अमेरिका अग्रपङतीमा आउँछ । सबैभन्दा बढी प्रभावित हुने देशहरुमा अमेरिका, इटली, बेलायत, स्पेन, ब्राजिल रुस, जर्मनी,फ्रान्स लगयातका देश रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि