विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ ।
वर्ल्डोमिटरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २२५ पुगेको जनाइएको छ । यसैगरी विश्वभरी ५६ लाख बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा चिनिया भाइरस भनेर जिस्काए पनि अहिले सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रे कोरोना संक्रमणका कारण १ लाख ५७२ जनाको मृत्यु भएको छ भने १७ लाख २५ हजार बढी मानिस संक्रमणको शिकार भएको छन्।
यसैगरी इटलीमा ३२ हजार ९५५ जनाको ज्यान गएको छ । बेलायतमा ३७ हजार ४८ जनाको मृत्यु भएको छ । उता स्पेनमा पनि २७ हजार ११७ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको पाइन्छ । पछिल्लो समय ब्राजिल पनि कोरोनाको चपेटामा परेको छ । त्यहाँ २४ हजार बढीले ज्यान गुमाएका छन्। यसैगरी फ्रान्समा २८ हजार ५३० जनाको मृत्यु भएको छ ।
यता भारतमा १ लाख ४५ हजार ३८० जनामा संक्रमण पुष्टि भइसेको छ भने ४ हजार १६७ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म संक्रमितको संख्या ७७२ पुगेको छ भने ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य