Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुई महिनापछि भारतमा हवाई उडान शुरु

दुई महिनापछि भारतमा हवाई उडान शुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना महामारीका कारण दुई महिनादेखि लकडाउन जारी गरेको भारतले सोमबारदेखि हवाई उडान शुरु गरेको छ ।

भारतमा कोरोनाबाट जोगिन विशेष सावधानी अपनाउँदै आन्तरिक हवाई उडान शुरु गरिएको हो । आन्ध्रप्रदेश र पश्चिम बंगालबाहेकका सबै स्थानमा हवाई उडान शुरु गरिएको छ ।

आज लकडाउनपछिको पहिलो उडान दिल्लीबाट बिहान ४ :४५ बजे पूणेका लागि उडेको थियो । त्यसैगरी मुम्बईबाट ६ :४५ बजे पटनाको लागि यात्रु लिएर उडेको थियो।

भारत सरकारले कोरोनाबाट बच्न विशेष ‘गाइडलाइन्स’ बनाउँदै घरेलु उडान शुरु गरेको हो । एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग अनिवार्य गरिएको छ । हरेक यात्रुले ‘आरोग्य सेतु एप’ डाउनलोड गर्न जरुरी हुन्छ । जसमा यात्रुको सम्पूर्ण डिटेल राखिनेछ । साथै सम्पूर्ण यात्रुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन