दुई महिनापछि भारतमा हवाई उडान शुरु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना महामारीका कारण दुई महिनादेखि लकडाउन जारी गरेको भारतले सोमबारदेखि हवाई उडान शुरु गरेको छ ।
भारतमा कोरोनाबाट जोगिन विशेष सावधानी अपनाउँदै आन्तरिक हवाई उडान शुरु गरिएको हो । आन्ध्रप्रदेश र पश्चिम बंगालबाहेकका सबै स्थानमा हवाई उडान शुरु गरिएको छ ।
आज लकडाउनपछिको पहिलो उडान दिल्लीबाट बिहान ४ :४५ बजे पूणेका लागि उडेको थियो । त्यसैगरी मुम्बईबाट ६ :४५ बजे पटनाको लागि यात्रु लिएर उडेको थियो।
भारत सरकारले कोरोनाबाट बच्न विशेष ‘गाइडलाइन्स’ बनाउँदै घरेलु उडान शुरु गरेको हो । एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग अनिवार्य गरिएको छ । हरेक यात्रुले ‘आरोग्य सेतु एप’ डाउनलोड गर्न जरुरी हुन्छ । जसमा यात्रुको सम्पूर्ण डिटेल राखिनेछ । साथै सम्पूर्ण यात्रुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण